back
CTIZAN AD

अमेरिकामा नेपाली विवाह मेला उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८१ असोज ८ मंगलवार

1K 

shares

विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना भएको विवाह मेला उत्साहपूर्वक सम्पन्न भएको छ ।

अमेरिकामा सम्भवत नेपालीहरूको पहलमा आयोजना हुदै आएको यो बिहे मेला पहिलो हो । २०२४ मा आयोजना भएको यो मेला छैठौ संस्करण हो। सेप्टेम्बर २२ ,२०२४ का आइतबारका दिन आयोजना भएको कार्यक्रम दिउसो १२ देखि ४ बजे सम्म संचालन भएको थियो ।

गत बर्ष २०२३ मा अत्यन्तै सफलतापूर्वक सम्पन्न उक्त समारोह यस बर्ष २०२४ मा भर्जिनिया राज्यकै मनासस शहरको नेपालीहरुद्वारा नै संचालन गरेको विनडम होटल (अतिथि गृह)मा कार्यक्रमको आयोजना गरिएको थियो ।

वेडिंग मेला (बिहे मेला) नेपालीहरुको जनघनत्व दिनहु वृद्धि हुदै गएकोले यो नेपाली समुदायको लागि आयोजना गरिएको मेलाका प्रमुख बिपिन उप्रेतीले बताए । यस वर्ष पनि आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदाय लगायत अन्य समुदायहरुको पनि सहभागिता रहेको थियो ।

मेलाको मुख्य उद्देश्य नै नेपाली उधमी÷व्यवसायीहरुलाई प्रवर्द्धन गर्नु पनि रहेको हो । विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने भएकोले यो मेलाको आयोजना गरिएको हो ।

यस वर्ष पनि ,सजावटकर्ताहरु,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,दुलहा दुलहीका तयारी कपडाका व्यापारी,नेपाली तथा भारतीय खानाका परिकार ,मेहन्दीवाला,नेपाली समुदायलाई चाहिने पण्डितहरुको सम्पर्क ,बिहे तथा उत्सवका लागि तस्बिर (फोटो )तथा भिडियोग्राफी (श्रब्यदृश्य)का समेत प्रदर्शनी कक्ष राखिएका थिए ।

मेलाको उद्घाटनका प्रमुख अतिथिको रुपमा निर्मला देवी उप्रेतीले गरेकी थिइन् । ग्यालेक्सी इभेन्ट्स सोलुसनका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल ,फोटो पसलका सम्पूर्ण मानन्धर तथा विनडमको संयुक्त आयोजनामा विवाह मेला आयोजना गरिएको हो ।

वि.सं.२०८१ असोज ८ मंगलवार १०:३५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...