back
CTIZAN AD

प्रचण्ड र रवीन्द्र मिश्रको भेट, राजाप्रति सकारात्मक बनाउने मिश्रको प्रयास

वि.सं.२०८१ असोज ८ मंगलवार

1.2K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ । प्रचण्डलाई भेटेपछि मिश्रले सामाजिक सञ्जालमा तस्बिर सहितको एक लामो स्ट्याटस लेखेका छन् । उनले स्ट्याटसमार्फत हिजो कार्यक्रममा र वर्षौँपछि आज प्रचण्ड निवासमा भेट भएको जनाएका छन् ।

मिश्रले स्ट्याटसमा प्रचण्ड र आफूबिच भएको संवाद भन्दै सात वटा बुँदा लेखेका छन् । त्यसअघि उनले भनेका छन्, ‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदै छ । र त्यति बेला तपाईँहरूको ‘अग्रगमन’ नाम र सालिक केही बाँकी रहने छैन ।’

मिश्रले आफ्नो अभिव्यक्तिपछि प्रचण्डका केही टिप्पणी अर्थपूर्ण लागेको बताएका छन् । उनले प्रचण्डको भनाइ भन्दै स्ट्याटसको पहिलो बुँदामा लेखेका छन्, ‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु । पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायत कालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।’

उनले फेरी अन्य बुँदा थपेका छन्, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ । राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो । देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।’

‘अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन । म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । ’निरन्तरतामा क्रमभङ्गता’ अत्यावश्यक भइसक्यो ।’ प्रचण्डको भनाई उद्धृत गर्दै मिश्रले लेखेका छन् ।

उनले कौसीमा लामो संवाद गरेर तल ओर्लिँदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्ड जीलाई पर्खेर बसिरहेको बताए । ‘सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौँ नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/बित्नेछ भन्नेमा सम्भवतः उनीहरू अनभिज्ञ थिए ।’ मिश्रले स्ट्याटस मार्फत भनेका छन् ।

उनले स्ट्याटसको बिट मार्दै ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश नबन्ने र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त रहेको जनाएका छन् । प्रचण्ड र मिश्रको भेटवार्तापछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ । उनीहरूबिचको भेटलाई नागरिक र राजनीतिक दलहरूले अर्थपूर्ण रूपमा हेरेका छन् ।

वि.सं.२०८१ असोज ८ मंगलवार १२:२४ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...