back
CTIZAN AD

जलविद्युत् आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

वि.सं.२०८१ असोज ८ मंगलवार

702 

shares

दमौली (तनहुँ) । तनहुँ जलविद्युत् आयोजनाले आयोजना ऋषिङ गाउँपालिका-८ पल्ट्याङ्मा प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ ।

आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनःस्थापना तथा आयआर्जन वृद्धिका लागि सञ्चालित तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका-५ का १६ जनाको सहभागिता थियो । यही असोज ३ गतेदेखि ऋषिङ गाउँपालिका-८ को वडा कार्यालयमा तीनदिने तालिम सञ्चालन गरिएको थियो ।

ऋषिङ गाउँपालिका-८ का वडाध्यक्ष भरतकुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमबाट सिकेको सीपलाई व्यावहारिक रुपमा प्रयोग गरी पल्ट्याङलाई मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न उनले आग्रह गरे ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीप र ज्ञानलाई कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गरे । उनले आयोजना प्रभावितहरुको आयआर्जन वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन आगामी दिनमा पनि आवश्यकताबमोजिम सीपमूलक तालिम सञ्चालन गरिने बताए । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजना कार्यान्वयन भइरहेको उल्लेख गरे ।

तालिममा सहभागी गीता थापाले व्यावसायिक रुपमा मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम दिइएकाले व्यावहारिक ज्ञान र सीप हासिल गरेको बताए । उनले तालिमपछि व्यावसायिक मौरीपालन गर्न आत्मविश्वास बढेको बताए ।

आयोजकले सहभागीहरुलाई मौरीसहितका घार र आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ । आयोजनाले प्रभावितहरुलाई लक्षित गरी प्लम्बिङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायत १४ वटा तालिम सञ्चालन गरिसकेको छ । उक्त तालिममार्फत १३९ पुरुष र १५५ महिला गरी २९४ जना लाभान्वित भइसकेको आयोजनाले जनाएको छ ।रासस

वि.सं.२०८१ असोज ८ मंगलवार १२:५० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...