back
CTIZAN AD

भारतमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

वि.सं.२०८१ असोज ९ बुधवार

879 

shares
दमोह (भारत) । भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्शालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको ‘देहट’ (ग्रामीण) प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने सामन्ना गाउँ नजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई थप उपचारका लागि जबलपुर लगिएको एक प्रहरी अधिकारीले  भने ।
“दमोह जिल्लाको सामन्नामा १० जना बोकेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जबलपुर मेडिकल कलेज लगिएको छ”, दमोहका प्रहरी उपरीक्षक (एसपी) श्रुतकीर्ति सोमवंशीले बताए ।
“अहिलेसम्म हामी घटनास्थलमा ट्रक र अटोको ठक्करको निशान जाँच गरिरहेका छौँ । होसमा आएपछि घाइतेको बयान लिइने छ । त्यसपछि दुर्घटनाको कारण पत्ता लगाउन सक्नेछौँ । ट्रकको चालक हाम्रो हिरासतमा छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ”, उनले भने ।
यसैबीच, कलेक्टर सुधीर कुमार कोचरले भने, “एक लापरवाह ट्रकले अटोरिक्सालाई  ठक्कर दियो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने  तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल ल्याइएको थियो र प्राथमिक उपचार पछि उनीहरूलाई  थप उपचारका लागि जबलपुर लगिएको छ ।”
मुख्यमन्त्री मोहन यादवले पीडितलाई आवश्यक आर्थिक सहयोगको घोषणा गरेका छन् ।एएनआई

वि.सं.२०८१ असोज ९ बुधवार ०९:०४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...