back
CTIZAN AD

भारतमा पर्व मनाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

वि.सं.२०८१ असोज ११ शुक्रवार

978 

shares
पटना (भारत) । पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।
राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।
जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।
बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घन्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।
भारतमा प्रमुख धार्मिक पर्वहरूमा पूजा स्थलहरूमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठूला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रमा निस्कन्छन् ।
गत जुलाईमा प्रदेशमा भीडभाड भएको एउटा हिन्दू समारोहमा कम्तीमा एक सय १६ जनाको कुल्चिएर मृत्यु भएको थियो । यो एक दशकभन्दा बढी समयमा सबैभन्दा ठूलो दुर्घटना थियो ।
भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ ।
तथापि मनसुनी वर्षाले प्रत्येक वर्ष पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ । यसले दक्षिण एसियाभर सयौँ मानिसको ज्यान लिने गरेको छ ।
गत जुलाईमा दक्षिण भारतको केरल राज्यमा मुसलधारे मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानहरू चट्टान र माटोले पुरिँदा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरू बढेका छन् र भारतमा बाँध निर्माण, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेका छन् ।
बिसौँ शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू बलियो र अनियमित हुँदै गएको बताएको छ । एएफपी

वि.सं.२०८१ असोज ११ शुक्रवार ०७:५८ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...