back
CTIZAN AD

तालिबानद्वारा महिलाहरूमाथि गरिएको आलोचना अस्वीकार

वि.सं.२०८१ असोज ११ शुक्रवार

891 

shares
काबुल ।संयुक्त राष्ट्रसङ्घको महासभामा यस साता अफगानिस्तानमा महिलाहरूमाथि गरिएको व्यवहारबारे उठाइएका चिन्ताहरूलाई तालिबान सरकारले बिहीबार अस्वीकार गरेको छ ।
अस्ट्रेलिया,  क्यानाडा, जर्मनी र नेदरल्यान्ड्सले न्युयोर्कमा भएको महासभामा महिलाहरूमाथि तालिबानको ‘अवहेलना’ विरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदातलमा कारबाही सुरु गरेको घोषणा गरेका थिए ।
“केही मुलुक र पक्षले अफगानिस्तानमाथि मानवाधिकार उल्लङ्घन र लैङ्गिक भेदभाव भएको भनेर लगाएका आरोपहरू आधारहीन छन्”, सरकारका प्रवक्ता हमदुल्लाह फितरनले भने, “अफगानिस्तानमा मानवाधिकारको संरक्षण गरिएको छ र कसैलाई पनि भेदभाव गरिएको छैन, दुर्भाग्यवश भागेका केही महिलाहरूको भनाइका आधारमा अफगानिस्तानविरुद्ध प्रचार फैलाउने प्रयास भइरहेको छ ।”
सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्केपछि महिलाहरूलाई क्रमशः सार्वजनिक स्थानबाट बाहिर पारेका छन् । अहिले महिलाहरू प्राथमिक विद्यालयभन्दा माथि अध्ययन गर्न, पार्क, जिम वा सौन्दर्य केन्द्रहरूमा जान सक्तैनन् । साथै उनीहरूलाई पुरुष साथीसँग मात्र घरबाट बाहिर निस्कन सुझाव दिइएको छ ।
हालै जारी गरिएको नैतिकता कानूनले महिलाहरूलाई सार्वजनिक स्थलमा ठूलो स्वरले बोल्न पनि प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घले ती नियमहरूलाई ‘लिङ्गभेद’ को संज्ञा दिएको छ ।
अमेरिकी अभिनेत्री मेरिल स्ट्रिपले अफगानिस्तानमा एउटी बालिकाभन्दा ‘एउटा लोखर्केको बढी अधिकार’ रहेको बताइन् । “काबुलमा एउटा चराले गीत गाउन सक्छ तर एउटी बालिका वा महिलाले सार्वजनिकरूपमा गाउन सक्तैनन्”, ओस्कार विजेता अभिनेत्रीले राष्ट्रसङ्घीय महासभाको ‘साइडलाइन’ मा भएको छलफलका क्रममा भनिन् ।
अफगानिस्तानमा मानवाधिकारका लागि राष्ट्रसङ्घका विशेष दूत रिचर्ड बेनेटले हेगमा सुरु गरिने कारवाही ‘महिला र किशोरीहरूविरुद्ध तालिबानको अपराधहरूका लागि न्यान दिने दिशामा महत्त्वपूर्ण कदम’ भएको बताए ।
यस वर्ष अफगानिस्तान प्रवेश गर्न अस्वीकार गरिएका बेनेटले अन्य मुलुकहसँग कारबाहीमा सहभागी हुन आह्वान गरे । एएफपी

वि.सं.२०८१ असोज ११ शुक्रवार ०८:०२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...