back
CTIZAN AD

पुटिनको ‘लापरवाहीपूर्ण’ आणविक हतियारको धम्की इयुद्वारा अस्वीकार

वि.सं.२०८१ असोज ११ शुक्रवार

948 

shares
ब्रसेल्स ।  युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई ‘लापरवाहीपूर्ण र गैरजिम्मेबार’ भन्दै अस्वीकार गरेको छ ।
पुटिनले बुधबार अद्यावधिक आणविक सिद्धान्तको घोषणा गरे । युक्रेन र उसका पश्चिमी समर्थकहरूका सन्दर्भमा आणविक शक्तिहरूद्वारा समर्थन गरिँदा यसले रुसलाई गैर–आणविक राज्यहरूविरुद्ध आणविक हतियारको प्रयोगलाई अनुमति दिनेछ ।
इयुका विदेश नीति प्रवक्ता पिटर स्टानोले पत्रकारहरूसँग भने, “पुटिनले आफ्नो आणविक शस्त्र भण्डारसँग जुवा खेलिरहेको यो पहिलो पटक होइन, हामी अवश्य यी धम्कीहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछौँ ।”
पुटिन स्वयंले स्वीकृत गर्नसक्ने रुसको आणविक नियमहरूको प्रस्तावित विस्तार युक्रेनले पश्चिमी सहयोगीहरूबाट रुसभित्र गहिरो लक्ष्यहरूमा आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न अनुमति मागिरहेको बेला आएको हो ।
रुसका हवाई अड्डा र सैन्य पूर्वाधारहरूलाई निशाना बनाउन आवश्यक रहेको किएभले बताउँदै आएको छ । किएभका अनुसार ती हवाई अड्डा र सैन्य पूर्वाधारलाई रुसले युक्रेनमाथि आक्रमण गर्न प्रयोग गर्छ । अमेरिका र अन्य पश्चिमी मुलुकहरू भने थप तनाव बढाउनबाट सावधान रहेका छन् ।
यसअघि बिहीबार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले योजनाबद्ध परिवर्तनहरूलाई पश्चिमका लागि ‘विशिष्ट सङ्केत’ का रूपमा हेर्नुपर्ने बताए ।
पश्चिमी शक्तिहरूले पुटिनमाथि युक्रेन द्वन्द्वका क्रममा खतरनाक आणविक आक्रमण गर्ने आरोप लगाएका छन् । पुटिनले मस्कोको आणविक हतियार तैनाथ गर्ने इच्छाबारे धेरै पटक स्पष्ट धम्की दिनएका छन्।
“यो पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेबार र अस्वीकार्य व्यवहारको निरन्तरता मात्र हो”, पछिल्लो धम्कीबारे स्टानोले भने । उक्त धम्की विश्वका धेरै नेताहरू न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको बेला आएको थियो ।
“पुटिनको अडान अझ बढी ‘लापरवाहीपूर्ण’ थियो किनभने यो संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको नेताबाट आएको थियो”, उनले भने । (रासस÷एएफपी)

वि.सं.२०८१ असोज ११ शुक्रवार ०८:०९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...