back
CTIZAN AD

सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण

वि.सं.२०८१ असोज १३ आइतवार

1.1K 

shares

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सञ्चालन गरेको सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ ।

जुत्ता उत्पादन सङ्घका अध्यक्षसमेत रहनुभएका उद्योगी रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि केही व्यवसायीहरुले मिलेर सञ्चालन गरेका नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलका उक्त पसलमा उपभोक्ताले विशेष चासोका साथ खरिद तथा अवलोकन गर्न थालेका छन् ।

पर्व लक्षित गरेर केही जुत्ता उद्योगका उद्योगीले कम्तिमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरि उक्त सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसल भएका कारण उपभोक्ताको आकर्षण अझै बढ्ने उनकोे भनाइ छ ।

उनले अहिले साल्ट ट्रेडिङसँग केही व्यवसायीले सहकार्य गरे पनि आगामी दिनमा धेरै व्यवसायीलाई सहभागीगराई देशैभर सरकारद्वारा सञ्चालिन व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने बताए ।

उनले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन पहल गर्ने बताए । जुत्ता उत्पादक सङ्घले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उनकोे भनाइ छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले कालीमाटी र जडीबुटीस्थित सूपथ जुत्ता पसलबाट बिहीबारसम्ममा दिनहुँ १००÷१०० जोर हाराहारीमा जुत्ता तथा चप्पल बिक्री भएको बताए ।

उनले छोटो समयमै उपभोक्ताको आकर्षण बढेको र दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने हरेक उपभोक्ताले जुत्ता बिक्री कक्षको अवलोकन गरेरै जाने गरेको जानकारी दिए । बञ्जाडेले शुक्रबार र शनिबार वर्षाले प्रभावित बनाएको बताए ।

साल्ट ट्रेडिङको सहकार्यमा यी दुई स्थानमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

 

वि.सं.२०८१ असोज १३ आइतवार १२:१२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...