back
CTIZAN AD

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

वि.सं.२०८१ असोज १३ आइतवार

792 

shares

मस्को । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
“करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ,” मन्त्रालयले टेलिग्राममा भनेको छ ।

दक्षिणी रूसको भोल्गोग्राद क्षेत्रमा ६७ वटा ड्रोन नष्ट गरिएको गभर्नर आन्द्रे बोचारोभले बताए ।

त्यसैगरी, बेलगोरोड क्षेत्रमा १७ र भोरोनेज क्षेत्रमा १७ वटा ड्रोन नष्ट गरिएको गभर्नर अलेक्सान्डर गुसेभले बताए । भोरोनेज सहर र यसको उपनगरमा ड्रोन खस्दा दुई आवासीय भवनमा आगलागी भएको तर कुनै हताहती नभएको उनले बताएका छन् ।

रोस्तोभ क्षेत्रमा थप १८ वटा ड्रोनहरू नष्ट गरिएको गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताए ।

ब्रायन्स्क, कुस्र्क र क्रास्नोडार क्षेत्रमा एक÷एक युक्रेनी ड्रोन नष्ट गरिएको र आजभ सागरमा तीन ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले बताएको छ ।(रासस/एएफपी)

वि.सं.२०८१ असोज १३ आइतवार १४:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...