back
CTIZAN AD

पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

वि.सं.२०८१ असोज १४ सोमवार

747 

shares

पाल्हिनन्दन (नवलपरासी ब सु प) । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका थिए । सुुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खडकाले आइतबार साझदेखि नदीमा बाढी घटेसँगै सुुस्ता डुुबान क्षेत्रमा पनि बाढी घटेकामा आज प्रभावितहरू आफ्नो घर फर्किएका हुन् । यहाँ सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुुनाथ अहिरले बाढी घटेपछि स्थानीय घर फर्किए पनि फुसको घर भत्केर बस्ने अवस्था नरहेको बताए । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले यहाँका अधिकांश स्थान डुबानमा परेपछि आश्रयका लागि अन्यत्र गएकाहरू पानी घटेसँगै आफनो घर फर्किएका जानकारी दिए । “स्थानीय बाढीपीडिहरू घर फर्किएका छन्, पक्की घर भएकालाई घरमा बस्न खासै समस्या नभए पनि फुसको घर हुनेहरूलाई भने समस्या छ । उनीहरूका घर भत्किएकाले त्यहाँ बस्ने अवस्था छैन । अब सरकारले उचित बन्दोबस्त गर्न आवश्यक छ”, उनले भने ।

वि.सं.२०८१ असोज १४ सोमवार १७:२३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...