back
CTIZAN AD

गाईमा देखियो ‘क्यू फिवर’

वि.सं.२०८१ असोज १६ बुधवार

993 

shares

चितवन । माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी-४ मा पुष्टि भएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख डा रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो । कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने उनले बताए । चार महिनाको गाई गर्भावस्थामा बिरामी परेर उपचारका क्रममा तुहिएपछि रोग पहिचानको काम गरिएको थियो । उनले भने, “परीक्षणका लागि सालको टुक्रालाई प्रयोगशालामा पठाइएको थियो ।” पिसिआर विधिबाट परीक्षण गरी रोग पहिचान गरिएको उनले बताए ।

जिल्लामा पहिलो पटक यो रोग देखिएको बस्ताकोटीले जानकारी दिए । उनले भने, “जिल्लामा पहिलो पटक यो रोग देखिएको हो, यो रोग देखिए तीन हप्तादेखि तीन महिनासम्म औषधि चलाउनुपर्ने हुन्छ ।” यो रोग लागेका पशु चौपायामा ज्वरो आउने, खाना नखाने लक्षण देखापर्छ । सन् १९३५ मा यो रोग अष्ट्रेलियामा पुष्टि भएको थियो । यो रोग लागेका पशुलाई टोकेका किर्नाले मान्छेमा टोकेमा, काँचो दूधको सेवन वा काँचो मासुको प्रयोग गर्नाले मानिसमा पनि सर्ने गर्दछ । यो रोग लागेका मानिसमा ज्वरो अउने, छाती दुख्ने, निमोनिया हुने र हेपाटाइटिससम्म हुने बस्ताकोटीले जानकारी दिए । रासस

 

वि.सं.२०८१ असोज १६ बुधवार १४:३४ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...