back
CTIZAN AD

फरवार्ड माइक्रोफाइनान्सद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

वि.सं.२०८१ असोज १७ बिहीवार

642 

shares

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०÷८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख रूपैयाँ रहेको छ ।

ग्रामिण अर्थतन्त्रलाई चलायमान गराउन र महिलालाई आत्मनिर्भरता तर्फ जोड्न फरवार्डले गाउँगाउँमा पुँजी पुर्याउँदै आएको छ । संस्था देशका ४० जिल्लाहरुमा सञ्चालित छ । संस्थामा करिब तीन लाख महिला सदस्यहरु रहेको संस्थाले जनाएको छ ।

वि.सं.२०८१ असोज १७ बिहीवार १२:२६ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...