back
CTIZAN AD

गगनसिंहको ‘मेरो मधुशाला’ विमोचित

वि.सं.२०७४ जेठ ८ सोमवार

1.1K 

shares

mero-madhusala-1
टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन भएको छ । साहित्यकार थापाको चौथो पुस्तक ‘मेरो मधुशाला’को एक कार्यक्रमका बीच साहित्यकार तथा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले बिमोचन गर्नुभएको हो ।

mero-madhusala-3सांग्रिला पुस्तक प्रालि काठमाण्डौले प्रकाशन गरेको उपन्यासमा ३ सय २० पानाको छ । साहित्यकार थापाका यसअघि सोह् सौगात नामको कथासंग्रह, कर्णालीको छेउछाउ उपन्यास, पुर्खाको चिठी उपन्यास प्रकाशित भइसकेका कृति हुन् । मेरो मधुशाला माथि टिप्पणी गर्दै टिप्पणीकार नारायणप्रसाद तिमिल्सिनाले मधुशालामा परिवेश चित्रण सजिलोसंग गरिएको बताउंदै वर्णनात्मक ब्यास र विवरणात्मक शैलीमा उपन्यास लेखिएकोले उत्कृष्ट लागेको बताउनुभयो ।

तिमिलिसनाले थापामा अन्य कृतिभन्दा यो उपन्यास उत्कृष्ट रहेको बताउंदै मधुशालाले मानिसका धेरै लक्ष्य, जीवनलाई तहसनहस गर्न सक्छ भनी सचेतना फैलाउन यो उपन्यास सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि भट्टराइृले मधुशाला शिर्षक नै उत्कृष्ट रहेको बताउंदै साहित्यले मानिसमा चेतना जगाउन मद्दत पुग्ने बताउनुभयो । उहांले राजनीतिमा पनि मधुशाला अर्थात् मदिराको प्रभाव रहंदा विकृति आएको बताउंदै साहित्यले समाजको चित्रण गर्ने बताउनुभयो ।

mero-madhusala-2कार्यक्रममा बोल्दै लेखक उपन्यासकार गगनसिंह थापाले साहित्य सबैभित्र अंकुरित हुने बताउंदै समाजको अगाडि सबैले राख्न मात्र नसक्ने बताउनुभयो । थापाले आफुले मधुशालासंग आफूलाई जोडेर यो पुस्तक लेखेको बताउनुभयो । सामुदायिक पुस्तकालय टीकापुरका अध्यक्ष धनञ्जय तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम संचालन परमानन्द पाण्डेले गर्नुभएको थियो ।

वि.सं.२०७४ जेठ ८ सोमवार ०३:१७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...