
टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन भएको छ । साहित्यकार थापाको चौथो पुस्तक ‘मेरो मधुशाला’को एक कार्यक्रमका बीच साहित्यकार तथा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले बिमोचन गर्नुभएको हो ।
सांग्रिला पुस्तक प्रालि काठमाण्डौले प्रकाशन गरेको उपन्यासमा ३ सय २० पानाको छ । साहित्यकार थापाका यसअघि सोह् सौगात नामको कथासंग्रह, कर्णालीको छेउछाउ उपन्यास, पुर्खाको चिठी उपन्यास प्रकाशित भइसकेका कृति हुन् । मेरो मधुशाला माथि टिप्पणी गर्दै टिप्पणीकार नारायणप्रसाद तिमिल्सिनाले मधुशालामा परिवेश चित्रण सजिलोसंग गरिएको बताउंदै वर्णनात्मक ब्यास र विवरणात्मक शैलीमा उपन्यास लेखिएकोले उत्कृष्ट लागेको बताउनुभयो ।
तिमिलिसनाले थापामा अन्य कृतिभन्दा यो उपन्यास उत्कृष्ट रहेको बताउंदै मधुशालाले मानिसका धेरै लक्ष्य, जीवनलाई तहसनहस गर्न सक्छ भनी सचेतना फैलाउन यो उपन्यास सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि भट्टराइृले मधुशाला शिर्षक नै उत्कृष्ट रहेको बताउंदै साहित्यले मानिसमा चेतना जगाउन मद्दत पुग्ने बताउनुभयो । उहांले राजनीतिमा पनि मधुशाला अर्थात् मदिराको प्रभाव रहंदा विकृति आएको बताउंदै साहित्यले समाजको चित्रण गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लेखक उपन्यासकार गगनसिंह थापाले साहित्य सबैभित्र अंकुरित हुने बताउंदै समाजको अगाडि सबैले राख्न मात्र नसक्ने बताउनुभयो । थापाले आफुले मधुशालासंग आफूलाई जोडेर यो पुस्तक लेखेको बताउनुभयो । सामुदायिक पुस्तकालय टीकापुरका अध्यक्ष धनञ्जय तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम संचालन परमानन्द पाण्डेले गर्नुभएको थियो ।
वि.सं.२०७४ जेठ ८ सोमवार ०३:१७ मा प्रकाशित