back
CTIZAN AD

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

वि.सं.२०८१ असोज १८ शुक्रवार

1.1K 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेेछ ।

बैंकका अनुसार छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङ्गको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।

अस्पतालमा बैंकका ग्राहकहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।

मुलुकका ७७ वटै जिल्लामा बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढि सेवा केन्द्र रहेको बैंकले जनाएको छ ।

वि.सं.२०८१ असोज १८ शुक्रवार १४:१८ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...