back
CTIZAN AD

अध्यक्ष दलबहादुरको सक्रियतामा श्रम शिविर

वि.सं.२०८१ असोज २० आइतवार

2.1K 

shares

गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिकामा वडा अध्यक्षको आह्वान र सक्रियतामा श्रम शिविर सञ्चालन भएको छ । गल्याङ नगरपालिका–११, का वडा अध्यक्ष दल बहादुर सिंजालीले दसैँ अगाडि एक हजार जनालाई श्रम शिविरमा जोड्ने उद्देश्यसहित गाउँगाउँमा श्रम शिविर सञ्चालन गरेका छन् । शिविरमा झाडी फाँड्ने, कु–काठ हटाउने, कागज, प्लास्टिक टिप्ने लगायतका गतिविधि सञ्चालन भएका छन् ।

शिविर मार्फत गाउँबासीलाई आफ्नो टोल बाटोघाटो सरसफाइ गर्न आह्वान गर्दै आफै शिविरमा खटिएका छन् । शिविरले सामाजिक एकता, सद्भाव, आपसी मेलमिलाप र स्थानीय विकासमा सहयोग पु¥याउने वडा अध्यक्ष सिंजालीले बताए । “वडा भित्रका प्रत्येक गाउँ र टोलवासीलाई आफ्नो परिसर सरसफाइ गर्न आह्वान गरेको छु”, अध्यक्ष सिंजालीले भने जनसहभागीता राम्रो छ । स्व–स्फूर्त रूपमा शिविरमा जोडिने युवाहरूको अग्रसरता लोभ लाग्दो छ ।”

अध्यक्ष सिंजालीका अनुसार हाल सम्म करादी, खरिपानी, पाण्डे गाउँ, भँैसीडाँडा, बज्रे, भर्लामुनी, रुमाक्दी पहिरो, लैरेखर्क, बतासकोट गहिरी घर, दुम्रीडाडा कोल्डाडा, सिझखर्क, छिस, भयरथान, दिमिक, जिमुहा, ढाडेखोला, भाटी, गलकोट छाप, हुलाक, पल्लाखण्ड, रातडाँडा, फड्कन खोलामा शिविर सम्पन्न भइसकेको छ ।

यस्तै बिलौतीछाप, टार, बारीचौर, तुलसी भञ्ज्याङ्, लवरकोट, सावनेपानी, एकायबेल, शिखरडाँडा, कमरगौडा, धनुबाँसे, भ्यागुते पधेरो, कमरगौडा, थामडाँडामा समेत शिविर सम्पन्न भइसकेको छ । बुधवार भने कर्मचौर लामाचौर, पाखिचौर हुँदै हुगिघाट पुल सम्म शिविर सञ्चालन हुने अध्यक्ष सिंजालीले बताए । उनले जन सहाभगीतामा विकास गर्दा अपनत्व बोध हुने भएकाले शिविर सञ्चालन गरिएको बताए ।

शिविरमा सहभागीलाई वडा कार्यालयले आन्तरिक श्रोतबाट खाजाको समेत व्यवस्थापन गरेको छ । शिविर भाद्र ३० गतेदेखि सुरु भएको थियो । अध्यक्ष सिंजालीको कामको सर्वत्र चर्चा र प्रशंसा भएको छ ।

वि.सं.२०८१ असोज २० आइतवार १६:०८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...