back
CTIZAN AD

झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार

882 

shares

गोरखा । झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका गोरखाका दुई परिवारलाई जिल्ला प्रशसन कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

यही असोज ११ गते राति गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको ना४ख २२७० नको बस पहिरोमा पुरिँदा मृत्यु भएका दुईजनाको परिवारलाई आइतबार घरमा पुगेर राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । पीडित परिवारलाई प्रतिमृतक रु दुई लाख ५० हजारका दरले राहत सहयोग उपलब्ध गराइएको उनले बताए ।

“पहिरोमा ज्यान गुमाएका बसका चालक भीमसेन थापा गाउँपालिका-४ धावाका मदन परियार दमाइँ र गण्डकी गाउँपालिका–४ का नवराज तिवारीको परिवारलाई राहत प्रदान गरिएको छ”, प्रजिअ दाहालले भने । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।

कोषमा सङ्घीय सरकारका तर्फबाट प्राप्त रु दुई लाख र गण्डकी प्रदेश सरकारका तर्फबाट प्राप्त रु ५० हजार गरी एकमुष्ट रु दुई लाख ५० हजार पीडित परिवारलाई उपलब्ध गराइएको प्रजिअ दाहालले बताए । सोही पहिरोमा परेर ज्यान गुमाएका अन्य पीडित परिवारलाई दसैँलगत्तै घरमै पुगेर राहत रकम उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । रासस

वि.सं.२०८१ असोज २१ सोमवार १४:२२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...