back
CTIZAN AD

प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

वि.सं.२०८१ असोज २१ सोमवार

927 

shares

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न नगर कार्यपालिकाले निर्णय गरी सर्वसाधारणमा सुसूचित गराएको छ ।

“नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत, छठ पर्वलगायत विभिन्न महोत्सव तथा अन्य सभा-समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, मालालगायत सामग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न/नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ”, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै सूचनामार्फत नगर क्षेत्रभित्र उत्पादन भइरहेको सयपत्री, गोदावरी, मखमलीलगायत फूलहरु एवं सोबाट बनेका मालाहरु मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

दसैँलगत्तै व्यवसायीले तिहारलाई लक्षित गरी प्लास्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्नसक्ने भएकाले कार्यपालिकाले पहिले नै निर्णय गरी सरोकारवालालाई सचेत गराएको छ । प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले कार्यापालिकाको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गरिने बताए ।

रामपुरमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा फूल उत्पादन हुन थालेकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्ने चलन हटाउन थालिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

प्लास्टिकजन्य फूलमालाले स्थानीय उत्पादनलाई समस्या बनाइरहेका बेला नगरपालिकाले गरेको यस निर्णयले व्यवसायीमा उत्साह थपिएको पुष्प व्यवसायी दिलबहादुर थापाले बताए । उनले रामपुर क्षेत्रलाई दृष्टिगत गर्दै सयपत्रीको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । रासस

 

वि.सं.२०८१ असोज २१ सोमवार १४:३४ मा प्रकाशित

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...