back
CTIZAN AD

मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी परिचालन

वि.सं.२०८१ असोज २१ सोमवार

609 

shares

महोत्तरी । चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्वलक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ ।

दसैँ, दीपावली (तिहार) र छठ पर्वसम्मको सुरक्षा योजना बनाएको नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले यस अवधिमा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन हुने जनाएको हो ।

चाडपर्वमा भीडभाड बढ्ने र मान्छेको व्यस्तताबीच चोरीतस्करी, सडकमा हुने सवारीको चाप, मठमन्दिरमा हुने भीड, कालोबजारी, जुवातास, पकेटमारी र मूर्ति विसर्जनलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको मधेस प्रहरी कार्यालयका प्रमुख तथा नायब प्रहरी महानिरीक्षक लीलामणि आचार्यको भनाइ छ ।

यसैगरी, सुरक्षा योजनामा मेला उत्सव, सरकारी कार्यालय, बैङ्कहरुमा हुने भीड, यातायात सुरक्षा, लागुपदार्थ दुव्र्यसन तथा ओसारपसार तथा सांस्कृतिक कार्यक्रममा हुनसक्ने झडपसहितका क्षेत्र मधेस प्रहरीले चुनौतीका रुपमा पहिचान गरिएको छ ।

मधेस प्रहरी कार्यालयले चाडपर्व लक्षित गर्दै बनाएको योजना यही असोज १५ गतेदेखि सुरु भइसकेको छ । यो योजना छठ पर्वपछि कात्तिक २५ गतेसम्म रहने नायब प्रहरी महानिरीक्षक आचार्यले स्पष्ट पारे ।

प्रदेशका आठवटै जिल्लामा पहिले कार्यरत जनशक्तिमा प्रतिजिल्ला एक हजार चार सय प्रहरी थपिएका मधेस प्रहरी कार्यालयले जनाएको छ । यसरी खटिने प्रहरीको सङ्ख्या छ हजार तीन सय ९४ हुने जनाइएको छ ।

वि.सं.२०८१ असोज २१ सोमवार १४:३७ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...