back
CTIZAN AD

नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि

वि.सं.२०८१ असोज २१ सोमवार

537 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९३, डोल्टी पावर कम्पनी नौ दशमलव ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड आठ दशमलव ८०, जोशी हाइड्रोपावर आठ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ५९ कमाएका छन् ।

यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै कुमारी सबल योजना सात दशमलव ४० प्रतिशत, विन नेपाल लघुवित्त छ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त चार दशमलव शून्य सात प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले तीन दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।
–––

वि.सं.२०८१ असोज २१ सोमवार १६:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...