back
CTIZAN AD

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

वि.सं.२०८१ असोज २३ बुधवार

1.4K 

shares

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ । वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन् ।

बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युत्को काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताए । खानीखोला गाउँपालिकाबाट महाभारत गाउँपालिकामा बिजुली लैजाने प्रयास भइरहेको उनले बताए । खानीखोलाबाट बिजुली लैजान सकिए महाभारतको केही क्षेत्रमा बिजुली बत्ती बाल्न सकिने सम्भावना छ ।

रोशी गाउँपालिका-२, ३, ५ र ७ तथा गाउँपालिका कार्यालयसम्म भने बिजुली ल्याउन सकिने सम्भावना छ । सडक सञ्जाल नै अवरुद्ध हुँदा बेथानचोक, महाभारत र रोशीका अधिकांश स्थान बिजुलीबिहीन भएका हुन् ।

महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुलीविहीन अवस्थामा रहेका छन् । रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार सडक मर्मत एवं पुनःनिर्माण भएपछि मात्रै बिजुली बाल्न सकिने छ ।

“प्राधिकरणका अनुसार दसैँअघि बिजुली आउने सम्भावना छैन्, दसैँ अन्धकारमै बित्ने भयो”, अध्यक्ष जिम्बाले भने । सडक बनाउन पनि अझै केही दिन लाग्ने उनी बताउँछन् ।

बिजुली नहुँदा उक्त गाउँपालिकामा आंशिक सञ्चार सम्पर्कविच्छेद भएको छ । दुई दिनअघि सोलारबाट मोबाइलको टावर सञ्चालनमा ल्याए पनि फेरी समस्या आएको छ । गाउँपालिकाभर पानी, बत्ती र सडक सुविधा नभएको अध्यक्ष जिम्बाले बताए । उनले भने, “गाउँपालिका जोड्ने सिपाली सडक रोशी खोलाले नै बगाएको छ , भौगोलिक प्रतिकूलताका कारण पुनः ट्र्याक खोल्न निकै कठिनाइ भइरहेको छ ।”

पनौती नगरपालिकाको केही वडामा बाढीपहिरोले विद्युत्मा क्षति पु¥याएकाले मर्मतकार्य भइरहेको जनाइएको छ । पनौती-१२ खोपासीस्थित पनौती जलविद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ । पहिरोसँगै आएको बाढी तथा लेदोले पावर हाउसभित्रका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतका उपकरण डुबेका कारण यही असोज १२ गतेदेखिनै बिजुली उत्पादन रोकिएको हो । पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले बाँधबाट पावरहाउससम्मको कुलोमा विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको जानकारी दिइन् । पावरहाउसको दुवैतर्फबाट पहिरो आएको छ ।

“आयोजनाको सरसफाइ बाँकी छ, अब दसैँपछि सुरु गरिनेछ”, उनले भनिन् । पानीको मुहानमा पनौती-८ मल्पीस्थित रोशी खोलामा आएको बाढीले क्षति पुगेको छ । उक्त केन्द्रको तीन टर्वाइनमध्ये दुईवटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । सरकारले घोषणा गरेको ‘विपद् सङ्कटग्रस्त क्षेत्र’का रुपमा काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका छन् । रासस

वि.सं.२०८१ असोज २३ बुधवार १५:१५ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...