back
CTIZAN AD

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

वि.सं.२०८१ असोज २३ बुधवार

1.2K 

shares

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो ।

गाउँपालिकाका बालिकालाई प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बालिका बीमा कार्यक्रम ई–बोलपत्रबाट खोलेर सम्झौता गरिएको बताए । उनले बालिकालाई शिक्षित बनाउन र बालविवाह रोक्नका लागि बीमा कार्यक्रमले भूमिका खेल्ने बताए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले बालिका बीमाले गैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुबा वा आमा) को जोखिम बहन हुनेगरी एकल भुक्तानीमा बालिका बीमा गरिएको बताए ।

उनले २० वर्षभित्र बालिकाको बुवा बाआमाको दुर्घटना वा अन्य कुनै कारणबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिसमा बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताए । सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र निजहरुले रिफर गरेका स्वास्थ्य संस्थामा छोरी जन्मिएकालाई मात्र यो बीमा योजनामा आबद्ध गराउनुपर्ने छ ।

कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । बीमा कम्पनी र पालिकाबीचमा भएको सम्झौता अनुसार एकमुष्ठ २० वर्षका लागि गाउँपालिकाले बीमा गरेको र बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा बालिका बीमाका लागि रु २५ लाख बजेट विनियोजन गरेको छ ।रासस

वि.सं.२०८१ असोज २३ बुधवार १५:०० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...