back
CTIZAN AD

होटल सञ्चालकलाई खुकुरी हान्ने दुई आरोपी फरार

वि.सं.२०८१ असोज ३० बुधवार

663 

shares

विराटनगर । विराटनगरमा एकजना होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगरको भूमी प्रशासन चोकमा मुन होटल सञ्चाललन गर्दै आएका दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको जिप्रका मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

विराटनगर उपमहानगरपालिका– १० स्थित लालिगुराँस चोकमा भगतमाथि खुकुरी प्रहार भएको हो ।
‘घटना मंगलबार साँझ ६ बजेको हो,’ इन्सपेक्टर ओलीले भने, ‘खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको छ । कोशी अस्पताल उपचारपछि उनी राति नै डिस्चार्ज भइसकेका छन् । अवस्था खतरामुक्त छ ।’

विराटनगर– ९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आरोपी दुवै फरार छन् । गीत गजलको विषयमा भएको विवादलाई लिएर भगतमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ असोज ३० बुधवार १०:१७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...