back
CTIZAN AD

नयाँदिल्लीमा दीपावलीमा आतिशबाजी गर्न नपाइने

वि.सं.२०८१ असोज ३० बुधवार

786 

shares
नयाँदिल्ली । वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाउने जानकारी सोमबार त्यहाँको प्रशासनले गराएको छ ।
यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यस अघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्ये कडा आदेश हो । भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भएपनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ।
दिल्ली प्रदूषण नियन्त्रण समितिले एक वित्रप्ति जारी गर्दै भनेको छ, “सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।”
यो निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हित’ लाई ध्यानमा राख्दै गरिएको समितिले जनाएको छ ।
यो निर्णय झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारत बर्षमा मनाउने हिन्दूहरूको अति लोकप्रिय चाडमध्ये एक दिपावलीको दुई हप्ताअघि आएको हो ।
धेरैले आतिशबाजीलाई उत्सवको अभिन्न अङ्गको रूपमा लिन्छन् । यो पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो र हिन्दू देवी लक्ष्मीको आराधना गरिने उत्सव हो।
करिब तीन करोड जनसङ्ख्या रहेको महानगरमा यसअघि लगाइएको प्रतिबन्धलाई नियमित रुपमा बेवास्ता गरिएको थियो ।
हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।
नयाँदिल्लीमा हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुनेगरेको छ ।
नयाँदिल्लीले शहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताउने गरेको छ । दीपावली (दिवाली) को आसपास आतिशबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउँछ।
फोक्सोको माध्यमबाट रक्तप्रवाहमा प्रवेश गर्ने पीएम २.५ प्रदूषकको रूपमा चिनिने क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरूको स्तर नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको खतरा सीमाभन्दा ३० गुणा बढीसम्म हुने गर्छ ।
सन् २०२० मा ल्यान्सेटको एक रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा करिब १७ हजार ५०० जनाको मृत्यु भएको थियो ।
विगतमा, आतिशबाजी राज्यको सीमा पार गरेर तस्करी गरिन्थ्यो वा लुकीछिपी उपलब्ध हुन्थे । शहरमा प्रशासनले पटाकाको प्रयोगमा कडाई गरेपछि मध्यरात वा बिहान सबेरै सुरक्षाकर्मीको आँखा छलेर पट्काइन्थ्यो ।
यस वर्ष, दिल्लीका शहरका अधिकारीहरूले राज्य प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै उनीहरूलाई ‘दैनिक कार्यप्रगति रिपोर्ट’ पेश गर्न निर्देशन दिएका छन् । यो प्रतिबन्ध सन् २०२४ को अन्त्यसम्म जारी रहनेछ । एएफपी

वि.सं.२०८१ असोज ३० बुधवार १०:१९ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...