back
CTIZAN AD

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने 

वि.सं.२०८१ असोज ३० बुधवार

675 

shares
पेरिस । फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ ।
सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भने, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले नयाँ विधेयक सन् २०२५ को सुरुमा संसद्मा पेश हुने आशा गरेको छ।
फ्रान्सले महिनौँ लामो विवादपछि अध्यागमनसम्बन्धी कानुन पारित गरेको एक वर्ष नबित्दै ब्रेजनको यो घोषणा आएको हो र नयाँ प्रस्तावले तीन समूहमा विभाजित नेसनल एसेम्बलीको तल्लो सदनमा नयाँ तनावलाई बढावा दिइरहेको छ ।
बार्नियरका पूर्ववर्ती तथा हाल राष्ट्रपति इमानुएल म्याक्रोँको पुनर्जागरण पार्टीका संसदका नेता गेब्रियल अट्टलले सोमबार नयाँ कानून ‘पूर्ण प्राथमिकता’ जस्तो नदेखिएको बताएका छन् ।
उनले फ्रान्स इन्टरसँग भने, “बेबल कानूनको लागि कानूनको बनाउनु कुनै अर्थ छैन। अहिलेको प्राथमिकता भनेको फ्रान्समा प्रवेश गर्ने र बाहिरिनेलाई राज्यले वास्तवमै नियन्त्रण गर्न सक्ने गरी कार्य गर्नु हो।”
अति दक्षिणपन्थी नेसनल ¥याली (आरएन) का नेता जोर्डन बर्डेलाले सोमबार उक्त योजनाको स्वागत गर्दै भने, “संसद्मा हामीबिना केही पनि गर्न सकिँदैन।”
आप्रवासन नीति र सीमा नियन्त्रणलाई कडाइ गर्ने सरकारको योजना यस ग्रीष्मऋतुमा भएको विधायिकी निर्वाचनपछि फ्रान्सेली राजनीतिमा दक्षिणपन्थी परिवर्तनको द्योतक हो जसको परिणामस्वरूप त्रिशंकु संसद बनेको छ ।
गत सेप्टेम्बरमा पेरिसकी एक छात्राको बलात्कार र हत्याको घटनाले मोरक्कोका एक व्यक्तिलाई संदिग्ध आक्रमणकारीको रूपमा नामित गरेपछि आप्रवासनसम्बन्धी फ्रान्सेली बहसलाई थप चर्काएको छ।

वि.सं.२०८१ असोज ३० बुधवार १०:२५ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...