back
CTIZAN AD

सेसेल्समा पहिलोपटक कविता प्रतियोगिता, भलिबल प्रतियोगितासहित दशैं मेला सम्पन्न

वि.सं.२०८१ असोज ३० बुधवार

1.8K 

shares

सेसेल्स । पूर्वी अफ्रिकी मुलुक सेसेल्समा कार्यरत नेपालीहरुले पहिलोपटक भव्य रुपमा दशैं मेला सम्पन्न गरेका छन् ।

एनआरएनए सेसेल्सले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सेसेल्सको राजधानी माहे आइल्याण्ड, भिक्टोरियामा आयोजना गर्दै दशैं मेला २०२४ सम्पन्न गरेकोे छ ।

कार्यक्रम अक्टोबर ५ र ६ गरि दुई दिन दुई चरणमा सम्पन्न भएको थियो । कार्यक्रम प्रवेशका लागि टिकट तथा टोकनको व्यवस्था गरिएको थियो भने टिकट लिनेहरुका लागि बम्पर उपहारको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन अक्टोबर ५ मा साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय उपाध्यक्ष गणेश खड्काको प्रमुख आतिथ्यता र एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको सभापतित्वमा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

दशैंको रौनकका दिन कार्यक्रमस्थलमा लिङ्गेपिङ्ग हालिएको थियो, जसले बिदेशी भूमिमा पनि आफ्नो पन झल्काउँथ्यो । त्यस्तै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले नेपाली राष्ट्रिय झण्डा, ढाका टोपी, कपडा लगायत विविध नेपाली तथा स्थानीय खाद्य परिकारहरु साथै नेपाल र नेपाली चिनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने सामाग्रीहरुको स्टल समेत राखिएको थियो ।


सेसेल्सका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु एलिजाह र तानियाको साङ्गीतिक प्रस्तुति सहित पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।

भोलिपल्ट अक्टोबर ६ मा राष्ट्रिय खेलकुद परिषद् सेसेल्सको समन्वयमा पहिलोपटक नेपाली भलिबल प्रतियोगिता राखिएको थियो उक्त खेलमा आयोजक टिम एनआरएनए सहित पाँच समूहले सहभागिता जनाएका थिए ।

नेपाली साहित्यको सम्बर्द्धन, प्रबर्द्धन, उन्नयन र विश्वव्यापीकरण अभियानलाई बढावा दिंदै सेसेल्समै पहिलोपटक एनआरएनए भाषा–साहित्य समितिले आयोजना गरेको, महेन्द्र भट्टराईको संयोजकत्वमा खुल्ला नेपाली कविता प्रतियोगिता सम्पन्न भएको थियो ।

उक्त प्रतियोगितामा १६ वटा कविताहरु प्राप्त भएका थिए । जसबाट उत्कृष्ट ३ कविता घोषणा गरिएको थियो । उत्कृष्ट तीन कविहरु गायत्री कुलुङ राई, एकनाथ चौधरी र नवीन तामाङलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय उपाध्यक्ष खड्काले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपालका लागि सेसेल्सका अवैतनिक बाणिज्यदूत नरेश दास रहेका थिए भने अतिथिहरुमा एनआरएनए सेसेल्सका संरक्षक तथा अनेसास अफ्रिका महादेशीय च्याप्टर कार्यसमिति सदस्य रामचन्द्र राई, एनआरएनए सेसेल्सका सल्लाहकारहरु दुर्गा थापा र कोमल पाण्डे रहेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आमन्त्रित कलाकारहरु सुप्रसिद्ध लोकदोहोरी गायक राजु परियार र गायिका ज्योति मगरको धमकेदार प्रस्तुति रहेको थियो भने अन्तमा भलिबल प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमहरुलाई नगद पुरस्कार सहित ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तमा बम्पर उपहारको नतिजा सबैको सामु कार्यक्रम प्रवेश टिकटको अर्धकट्टी समावेश गरेर खोलिएको थियो । उक्त उपहारमा तेस्रो पुरस्कार पाँच जनालाई स्मार्ट घडी, दोश्रो पुरस्कार एक जनालाई ३२ इन्चको रङ्गीन टिभी तथा प्रथम पुरस्कार होण्डा कम्पनीको स्कुटर प्रदान गरिएको थियो ।

पहिलोपटक भएकोले कार्यक्रममा केही व्यवस्थापकीय त्रुटिहरु देखिए पनि आगामी दिनहरुमा यसलाई सुधारेर सु–व्यवस्थित बनाउँदै लैजाने तथा कार्यक्रमका माध्यमबाट नेपाल र नेपालीको अस्तित्व पहिचान गराउँदै नेपालका लागि बिदेशी पर्यटन प्रवर्द्धनको निमित्त प्रभावकारी कदम चाल्ने एनआरएनए सेसेल्स अध्यक्ष मनोज बिकले प्रतिबद्धता जनाए ।

वि.सं.२०८१ असोज ३० बुधवार १०:५८ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...