back
CTIZAN AD

विविधि कार्यक्रमसहित मनाइयो अमेरिकामा विश्व शेर्पा दिवस

वि.सं.२०८१ असोज ३० बुधवार

1.3K 

shares

अमेरिका । शेर्पा संघ अमेरिकाको आयोजनामा विश्व शेर्पा दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

विश्व शेर्पा संघको सस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको हो ।

सोहि अवसरमा यस बर्षबाट शेर्पा युथहरुलाई एक ठाउँमा भेला गर्ने र मनोरञ्जनात्मक कार्यक्रम प्रदानका निम्ती आयोजना गरिएको डिजे डान्स पार्टीको प्रमुख अतिथिबाट उदघाटन गरिएको थियो ।

प्रमुख अतिथिलाई सिलि नाचद्वारा भब्य रुपमा स्वागत गरेको र शेर्पा सस्कृति रितीरिवाज अनुसार ह्यिट्टु द्वर सम्मान गरिको थियो ।

बिषेश अथिति श्रद्धेय धर्म गुरु ड. युला शेर्पा, अमेरिका अवैतनिक महाबाणिज्यदूत एसी शेर्पा अमेरिका न्युयोर्क स्टेरको बिधान सभाको सदस्य स्टेभेन रागा, विश्व शेर्पा संघका बरिष्ठ उपाध्यक्ष निमा शेपार्, शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा, दुजुम धर्म हाउस अमेरिकाको अध्यक्ष छोङबा लामा, शेर्पा नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको तोरण गुरुङ, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, एनअराएनए एनसीसी नर्थ इस्ट (आरसीसी) का आङ छिरिङ शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा संघ सचिबालय सदस्य, खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ वडा अध्यक्ष फुनुरु मङगोल अर्गनाईशनका कान्छ शेर्पा, सिन्धु सोसाईटी अमेरिकाका सुर्य खड्का, प्रबासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष रुद्र राउत, कलाकार संघ अमेरिकाका अध्यक्ष बसन्ती राई, प्रबासी नेपाली एकता समाज पानस महासचिव शंकर बिसुनके, मिसनर्थ अमेरिका जुबली शेर्पा मिस मोङगोलेन २०२२ पासाङ डोल्मा शेर्पालगायत रहेका थिए ।

त्यस्तै अथितिहरुमा न्युयोर्कका शेर्पा छोक्पा अध्यक्षहरु साथै बिबिन्न संघ अमेरिकामा रहेका विभिन्न संघसस्थाहरुको प्रतिनिधिहरुको उपस्थित थिए ।

उक्त कार्यक्रममा बिभिन्न देशबाट थेन्डुप शेर्पा, अध्यक्ष विश्व शेर्पा संघ नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी लामा शेर्पा लगायतले अनलाइन जुमबाट शुभकामना मन्तब्य दिएका थिए र आङ दोर्जी सोनाम सदस्य विश्व शेर्पा संघ शेर्पा, निबर्तमान अध्यक्ष शेर्पा किदुग बेल्जियम शेर्पा संघ जापानको पुर्व अध्यक्ष पासाङ शेर्पा सहभागी थिए ।

विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा संस्कृति र रितिरिवाजमा परम्परालाई एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१७ मा आङ दोर्जी शेर्पा (एडी)को अध्यक्षतामा विश्व शेर्पा संघ संगठन भएको थियो । संघ गठन भएको खुसियालीमा विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे”का रूपमा मनाउँदै आएका छन् ।

सोहि अवसरमा बार्षिकरुपमा अमेरिकाको शेर्पा युथहरुलाई एक ठाउँमा भेला गर्ने खालको कार्यक्रम आवश्यकता रहेको जनागुनासोलाई मध्यनजर गर्दै बिदाको दिन पारेर अक्टोबर ५ शनिबारको दिन डिजेमार्फत शेर्पा संस्कृतिलाई नयाँ पिडीलाई हस्तान्तरण गर्न मनोरञ्जन सहितको डिजे पार्टी कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

पहिलो पटक अमेरिकामै इतिहासमा शेर्पा युवाहरुलाइ समेटिएर यस्तो कार्यक्रम गरेको अध्यक्ष पासाङ दोर्जी शेर्पा एपि लामाले जानकारी दिए ।
शेर्पा संघ अमेरिकाका सचिब पेम्बा गिर्मे शेर्पा लामाका स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा शेर्पा् कलाकारहरुको सामुहिक श्याब्रु नृत्य रहेको थियो भने बरिष्ठ शेर्पा कलाकार शेर्पा भाषाको दुईवटा गीत प्रस्तत गरेका थिए ।

कार्यक्रम सन्चलान बिश्व शेर्पा संघ महासचिव आङ जाङबु शेर्पाले गरेका थिए । अन्तमा डिजे प्रस्तुतिबाट युवाहरुबीच भरपुर मनोरन्जन प्रदान गरिएको थियो ।

वि.सं.२०८१ असोज ३० बुधवार ११:३७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...