back
CTIZAN AD

होमबहादुरको हत्या आरोपमा तीनजना पक्राउ

वि.सं.२०८१ असोज ३० बुधवार

1.1K 

shares

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने होमबहादुर फौलामगरको कुटपिटबाट हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ स्थायी घर भइ बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ स्थायी घर भइ हाल बुढानिलकण्ठ–१० बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम माइ नगरपालिका–२ का हाल गोकर्णेश्वर –६ नयाँबस्ती बस्ने २७ वर्षीय बिमला भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार मंगलबार दिउँसो गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती लस लाइट स्कुलनजिक सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका बस्दै आएका ४३ वर्षीय होमबहादुर अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार होमबहादुरलाई कुटपिट गरी उनीहरू फरार रहेको अनुसन्धानबाट खुलेको छ ।

 

वि.सं.२०८१ असोज ३० बुधवार १५:२८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...