back
CTIZAN AD

धम्की आएको भन्दै सर्वोच्चका सहप्रवक्ताद्वारा सुरक्षा माग

वि.सं.२०८१ कात्तिक १ बिहीवार

813 

shares

काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षाका लागि सरकार आग्रह गरेका छन् ।पछिल्लो समय अदालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै घिमिरेले आफ्नो सुरक्षाको माग गरेका हुन् ।

पछिल्लोपल्ट सिधाकुरा प्रकरणमा विवादित अडिओलाई लिएर अदालतको अवहेलना मुद्दा अघि बढाउने प्रयोजनका लागि घिमिरेले प्रतिवेदन तयार पारेका थिए । सोही विषयलाई लिएर तिमल्सिनाले आफुलाई भारतीय नम्बरबाट फोन गरेर बेला बेला धम्की दिएको भन्दै घिमिरेले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राजकुमार तिमल्सिनाले उपलब्ध गराएको अडिओमा आधारित सामग्री प्रकाशन र प्रसारण गरेवापत सिधाकुरा डट कमका दुई पत्रकार एक साता कैद बसिसकेका छन् । उनीहरुलाई ३ महिनाको कैद सजाय सुनाइएको भए पनि माफी मागेका कारण एक सातामै रिहा भएका हुन् ।

सोही मुद्दामा सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले तिमल्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । उनलाई माफी माग्ने अवसर पनि दिइएको छैन । रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको छ । उनी हाल फरार छन् ।

वि.सं.२०८१ कात्तिक १ बिहीवार ११:४६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...