सिड्नी । शनिबार सिड्नी एयरपोर्टमा एयर न्यूजील्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्काई न्यूज अष्ट्रेलियाका अनुसार, घटनामा १४० यात्रु बोकेको वेलिङ्गटनबाट सिड्नीका लागि एयर न्युजिल्याण्डको उडान थियो । विमान सकुशल अवतरण भएको रिपोर्टमा भनिएको छ । फ्लाइट एनजेड–२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट आइपुग्यो ।
रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्यूजील्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि ग¥यो ।
“हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं,” एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्तिमार्फत उल्लेख गरे । सिन्ह्वा
वि.सं.२०८१ कात्तिक ३ शनिवार १७:२० मा प्रकाशित





























