back
CTIZAN AD

श्रीमानको संलग्नतामा श्रीमती माथि सामूहिक बलात्कार

वि.सं.२०८१ कात्तिक ४ आइतवार

1.2K 

shares

काठमाडौँ । मकवानपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । आफ्नै श्रीमानको संलग्नतामा मनहरी गाउँपालिका–५ की ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज ३० गते ती महिलालाई आफ्नै ६० वर्षीय श्रीमान र अन्य १९ र २० वर्षका दुई किशोरले घरमै सामूहिक बलात्कार गरेका हुन् ।

ती महिलाले आफ्नै श्रीमानले अन्य दुईजना युवकलाई सहभागी गराएर आफूमाथि बलात्कार गरेको भन्दै कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् ।

उनको जाहेरीका आधारमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक श्यामु अर्यालले उनका श्रीमानलाई पक्राउ गरिएको र अन्य आरोपित दुई युवा फरार रहेको जानकारी दिए ।

पीडित महिलालाई अहिले सेफ हाउसमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:३५ मा प्रकाशित

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...