back
CTIZAN AD

राजेन्द्र अञ्जना फाउन्डेसनले स्थापना गरेको अस्थायी छात्रावास उद्घाटन

वि.सं.२०८१ कात्तिक ४ आइतवार

1.7K 

shares

काठमाडौँ । पर्वतको पैँयुगाउँपालिका–४, हटिया बजारमा सम्सारा घर (अस्थायी छात्रावास)को उद्घाटन गरिएको छ ।

विपन्न, गरिब, दलित, असहाय तथा लोपोन्मुख जनजातिका बालबालिकाहरूको आर्थिक, सामाजिक तथा शैक्षिक स्थितिमा उल्लेख्य सुधार गर्ने उद्देश्यले आर्क फर नेपालको सहयोगमा राजेन्द्र अञ्जना फाउन्डेशन्द्वारा स्थापित सम्सारा घर (अस्थायी छात्रावास)को उद्घाटन गरिएको हो ।

छात्रावासको गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्दै संसार घर असह्य बालबालिकाको सहारा बन्ने बताए । उनले आर्क फर नेपाल र राजेन्द्र अञ्जना फाउन्डेसनले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको भन्दै थप प्रगतिको शुभकामना समेत दिए ।

फउन्डेसन अनुसार विपन्न तथा लोपोन्मुख वर्गका बालबालिकाहरूलाई सम्सारा घरमा छिट्टै स्थानान्तरण गरिने छ । कार्यक्रममा पैंयु गाउँपालिका, पर्वत घर भई हाल लेक्जिन्टन, केन्टक्की, अमेरिका बसेका सफल व्यवसायी अर्जुन किशोर न्यौपानेले पाँच वर्ष सम्म वार्षिक रूपमा एक एक लाख रुपैयाँ बालबालिकाहरूको शैक्षिक उन्नतिको लागी सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

सम्सार घरमा पहिलो चरणमा १० जना बालबालिका राखिने छ । उनीहरूलाई पोषणयुक्त खाना, आवास, लत्ताकपडा र गुणस्तरीय शिक्षाको समेत व्यवस्था गरिने भएको छ ।

वि.सं.२०८१ कात्तिक ४ आइतवार १५:४० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...