back
CTIZAN AD

एयरलाइनमा नक्कली बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

681 

shares
नयाँदिल्ली । एएफपी भारतका उड्डयनमन्त्री राममोहन नायडूले सोमबार गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताएका छन् ।
उनले ‘सुरक्षा र संरक्षण’ प्राथमिकता हो भन्दै विमानस्थलमा जाँचहरू बढाइएको जानकारी दिनुभयो । केही धम्कीका कारण विमानहरू क्यानाडा र जर्मनीतिर मोडिएका थिए भने बेलायत र सिङ्गापुरको आकाशमाथि विमानहरूलाई एस्कर्ट गर्न लडाकू जेटहरू उडाइएका थिए ।
धेरैजसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएका सन्देशहरूका कारण नागरिक उड्डयन अधिकारीहरूले धम्की दिइएका प्रत्येक उडान जाँच्नु परेको छ ।
मन्त्री नायडूले उड्डयन र विमान सुरक्षा कानूनहरूलाई परिमार्जन गर्न र त्यस्ता धम्की दिनेहरूलाई गम्भीर वा ‘स्पष्ट रूपमा पहिचानयोग्य’ अपराधको दोषी बनाउन सम्भावित लामो सजायसहित ‘कानूनी कारबाही’ का लागि छलफल भइरहेको पनि जानकारी दिए ।
उनले भने, “हामी उनीहरूविरुद्ध कडा कारबाही गर्न सक्षम हुन र यसलाई स्पष्ट रूपमा पहिचानयोग्य अपराध बनाउन यो गर्न चाहन्छौँ ।”
भारतमा कम्तीमा एक नाबालिग पक्राउ परे पनि धम्कीहरू जारी छन्।सोमबार कुनै धम्कीको रिपोर्ट आएको छैन । मन्त्री नायडूले अनुसन्धान अझै जारी रहेको उल्लेख गर्दै धम्कीहरू एकल स्रोतबाट आइरहेको हो कि भन्ने बारे टिप्पणी गर्न अस्वीकार गरे । “यो एकदम संवेदनशील स्थिति हो”, उनले भने ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार ०८:२६ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...