back
CTIZAN AD

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

705 

shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गरेका छन् ।

आज मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् । समितिको सदस्यमा स्वास्थ्यविद् डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहेका छन् ।

समितिलाई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुनेगरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सुझाव दिन कार्यादेश दिइएको छ । यस्तै, छिमेकी देशहरूले अपनाइएका औषधिको मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी मूल्य निर्धारणसम्बन्धी आधार पहिचान गरी नीतिगत सुधारका लागि सुझाव दिन पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले समितिले औषधिका मूल्यसम्बन्धी अभ्यास पुनरावलोकन गरेर गुणस्तर पहिचानका लागि सुझाव दिन कार्यजिम्मेवारी दिइएको बताए । “औषधिको मूल्यसँग सम्बन्धित नीतिगत प्रणाली, बजार मूल्य, आयात निर्यातको अवस्था तथा सरकारी नीति, मूल्य निर्धारण गर्नुपर्ने थप औषधिहरूको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्यसम्बन्धी आधारसहित सुझाव दिनेछ”, उनले भने ।

कार्यसम्पादनका लागि आवश्यक कार्यविधि समिति आफैँले निर्धारण गरेर आवश्यकताअनुसार विषयगत उपसमिति गठनलगायत काम गर्नसक्ने जनाइएको छ । समितिको सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णय लिने प्रवक्ता डा बुढाथोकीले बताए ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १९:४० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...