back
CTIZAN AD

लुम्बिनी प्रदेशमा नियुक्त तीन मन्त्रीले लिए सपथ

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

645 

shares

बुटवल । लुम्बिनी प्रदेशमा बुधबार नियुक्त तीनजना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्री नियुक्त गरेका थिए ।

तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।

कांग्रेस र एमालेका ५६ जना सांसदको हस्तक्षरमा साउन ७ गते नेकपा एमाले संसदीय दलका तत्कालीन उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

पहिलोपटक मन्त्रिपरिषद् गठन गर्दा नेपाली कांग्रेसबाट प्रमुख सचेतक तिमिल्सेनाको नेतृत्वमा सरकारमा जाने तयारी थियो । तर, सपथ ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका तिमिल्सेनाको नाम मन्त्रीको सूचिबाट हटाइएपछि उनी असन्तुष्ट बनेका थिए ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना नयाँ मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ । युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना र कांग्रेसबाट पनि ५ जना मन्त्री पुगेका छन् ।

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १०:४४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...