back
CTIZAN AD

कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

873 

shares

डुम्रे (तनहुँ) । जिल्लास्थित मालपोत कार्यालयमा कम्प्युटर प्रणालीमार्फत सेवा प्रवाह हुन थालेको छ । कम्प्युटर प्रणालीको सुरुआत भएसँगै मालपोत कार्यालयको तामेली व्यवस्थापन सहज र प्रभावकारी बनेको हो ।

कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन गर्न थालेपछि कार्यालयमा सेवाग्राहीको घुइँचो कम हुन थालेको कार्यालयका मालपोत अधिकृत केशवराज सुवेदीले बताए । उनका अनुसार कम्प्युटर प्रणालीबाट तामेलीको व्यवस्थापन गर्न थालेपछि काम छिटो र प्रभावकारी रुपमा सम्पन्न हुनाका साथै अभिलेख राख्न पनि सहज भएको छ ।

“सेवाग्राही अत्यधिक घुइँचो हुने भएकाले सहज सेवा उपलब्ध गराउने उद्देश्यले गत असोज १ गतेदेखि कम्प्युटर प्रणाली प्रयोगमा ल्याएका हौँ”, सुवेदीले भने, “प्रविधिको प्रयोग गर्दै आधुनिक, सहज र गुणस्तरीय सेवा दिने पहल थालेका छौँ । यसले लामो समय कुर्नुपर्ने सेवाग्राहीको सास्ती हटेको छ ।”

प्रविधिको उपयोगले कार्यालयमा अभिलेखीकरण भएका लिखत खोज्न सहज भएको उनकोे दाबी छ । तीन जना कर्मचारी यसमा परिचालन गरिएको जनाउँदै मालपोत अधिकृत सुवेदीले छिटो, छरितो र पारदर्शी रुपमा कार्यसम्पादन भइरहेको बताए ।

मालपोत कार्यालयका प्रमुख एवं सूचना अधिकारी टीकाराम घोरासैनीले कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन सुरु गरेपछि लिखत खोज्न सहज हुनाका साथै सेवाग्राहीको घुइँचो व्यवस्थापन हुँदै गएको बताए । उनका अनुसार कम्प्युटर प्रणालीको सुरुआत भएपछि दैनिक ४० वटा लिखतका काम गरेका छन् ।

दैनिक लिखतको काम गर्ने व्यक्तिले ४ बजेसम्ममा रातो पुर्जासमेत लैजाने गरेका सूचना अधिकारी घरासैनीले जानकारी दिए । सेवाग्राहीका समस्या समाधान गर्दै छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले प्रविधिको प्रयोगलाई जोड दिइएको उनकोे भनाइ छ । “कार्यालयमा प्रविधिको उपयोग नहुँदा लामो समय वा हप्तौँसम्म तामेली खोज्न समय लाग्थ्यो । कम्प्युटर प्रणाली प्रयोगमा ल्याइएपछि काम छिटो भई सेवाग्राहीले एकै दिनमा रातो पुर्जा लैजाने गरेका छन”, उनले भने ।

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १२:४८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...