back
CTIZAN AD

आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

801 

shares

म्याग्दी । पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ ।

घुमघामका लागि अनुकुल शरदयाममा दसै, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लवको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । साउनमा पाँच सय १८, भदौमा तीन हजार ३२ र असोजमा नौ जना विदेशी सहित एक हजार छ सय ५४ जना पर्यटक आएका उनले बताए ।

आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु. १९ लाख ३३ हजार सात सय राजस्व संकलन भएको थियो । २०७९÷८० मा सात हजार छ सय ४५ जना पर्यटक आएका थिए ।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले रु. तीन हजारका दरले शूल्क तिर्नुपर्छ ।

दसै विदाको अवसर पारेर फराकिलो फाट, बुकी, गाईभैसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पंक्षी, वनजंगलको दृष्य अवलोकन गर्न साथीहरुसँगै ढोरपाटन घुमेर आएको बेनी नगरपालिका–१० पात्लेखेतको दिपक माविका प्रधानाध्यक विष्णुप्रसाद ढुंगानाले बताए ।

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षले पुर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए ।

गतअसोज र यही कात्तिकको यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् ।

सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल रु. एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ । विदेशी सिकारी टोली आरक्षमा आइसकेका छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरु छन् ।

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १३:०४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...