back
CTIZAN AD

कविता : सिपाही

वि.सं.२०८१ कात्तिक १० शनिवार

1.2K 

shares

गजेन्द्र मोक्तान, पाँचथर !

यदि मरेँ भने युद्धमा
बाकसभित्र हालेर घरमा
पठाउनु भए सम्भव
नत्र जलाउन मिले जलाउनु
न मिले माटोमा लुकाउनु
त्यो पनि न मिले कतै फालिदिनु
मेरो लासलाई ।

राईफल राखेर छातीमाथि
मेरी आमालाई भनी दिनु
राम्रो काम ग¥यो बहादुर
भएर सिपाही
आमा,
आँसुका थोपा न झार्नु
अतितलाई सम्झेर
ज्यान मात्र सुक्ने हो हजुरको
म त फर्केर आउँदिन नि
त्यसैले ज्यान सुकाउने
काम नगर्नुहोस् ।

हाम्री हजुरआमाले
अस्ति कान्छा काका गुमाए पनि
बाँच्न विवस छिन्
पीडाको बोध हुन्छ बेलाबेला
कसरी सक्छिन् होला मनलाई बुझाउन
गाह्रो हुन्छ मलाई त
त्यसरी नै त्यो मनलाई
सम्हाल्नु है आमा ।

मेरो बुबालाई भन्नु कि,
नगर्नु चिन्ता
छोराको चित्त दुख्ला भनेर
अब अंश मिलाउनु पर्दैन छोराको
उसले लड्दा लड्दै
प्राप्त ग¥यो वीरगति
अनिश्चितकालीन यात्रा तय गरेर ।

भन्नु
मेरो प्यारो भाइहरूलाई
राम्ररी गरिखानु
तिमीहरू मध्ये कसैले
लिनु बाइकको चाबी
र गाडीको चावी
गर्नु घर व्यवहार
नहुनु म जस्तै सिपाही
जति भएका
सम्पत्ति भोगचलन गर्नु
घट्यो अब
भागवण्डा ।

मेरी बहिनीलाई सम्झाउनु
कहिल्यै निराश नहुनु
विगत झै तिहारको पललाई
भुल्ने कोसिस गर नानी
सम्झेर नरुनु र बुझ्नु
डुबे पछि घाम
फेरि उदाउने छैन
भोलि बिहान तिम्रो दाइ ।

मेरा प्रिय मित्रहरूलाई यो खबर
नभन्नु ल,
उनीहरू साह्रै दुखी हुनेछन्
पार्टी, रमाईलो र घुमघामको
बारेमा उनीहरूले यदि सोधेँ भने!

मेरी प्रियसीलाई भन्नु कि,
नियतीको खेल र खहरेको भेलको
नियत कहाँ जान्न सकिन्छ र ?
पिर चिन्ता नगर प्यारी
सार्नु पेन्सनपट्टा
तिम्रै नाममा
बाँकी छ उमेर तिम्रो
विकल्प सोच्नु है ।

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...