back
CTIZAN AD

लघुकथाः उद्विग्न

वि.सं.२०८१ कात्तिक १० शनिवार

1.6K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

‘मेरो उद्धार गर ।’
कसैको उच्छ्वासी आवाज आयो । मलाई नै बोलाएको जस्तो लागेर यताउति सबैतिर हेरेँ कोही थिएन । भ्रम वा यथार्थ छुट्याउन निकै चनाखो भएँ । आफ्नै मुटुको धडकन कानमा गुन्जिनु बाहेक अरू केही आवाज आएन ।

‘भ्रम पो रहेछ ’ सोच्दै दुई पाइला के सारेको मात्र थिएँ, फेरि आवाज आयो –
‘यहाँ निस्सासिदो र उकुसमुकुस छ, म बाच्न चाहान्छु, स्वतन्त्रको सास फेर्न चाहन्छु मलाई बाहिर निकाल ।’

पक्कापक्की भयो कसैले उद्धारको लागि मेरो हात मागिरहेछ ।

यतिखेर म एक सेकेण्ड ह्याण्ड (दोस्राहाते) पुस्तक बिक्री केन्द्रको सानो कक्षमा थिएँ । बग्रेल्ती पुराना किताबहरूको रास । कतै बोरामा कोचेर राखिएका छन् त कतै भूईँमै लम्पसार परेका, कतिपय धुलिधुसर भएर मरणासन्न भएका ।

एउटा पुरानो किताब निकाल्दा किताबभन्दा पहिले त्यसको धूलो कोठामा फैलिन्थ्यो । अधिकांशमा ढुसी र किरा र पन्नाहरू धुजा धुजा भइसकेका । यस्तो लाग्थ्यो प्रत्येक पुस्तकहरू झोल घोप्टिएका जस्ता अँध्यारो मुहार लगाएर कताकता हेरिरहेका थिए, थकान र भय र मदौरु अनुहारले सत्तोसराप गरिरहेका थिए ।

मैले आवाजलाई निकै ध्यानपूर्वक सुने । आवाज एक पाटको बोरा भित्रबाट आएको थियो । एक एक गर्दै त्यसमा खाँदिएका पुस्तकहरूलाई बाहिर निकाल्दै स्वतन्त्रको सास फेर्न दिएँ । यसै क्रममा शारीरिक रूपमा छाला उप्किएर, घाउ पिल्सिएर गुहार माग्ने पुस्तक मेरो हात पर्यो ।

प्रेमले सुम्सुम्याए र नियालेर हेरेँ । मेरो आँत सुकेर आयो, गला अवरुद्ध भयो, रिँगटा लागेर आयो ।
त्यो पुस्तक मेरो पहिलो सन्तानको रूपमा जन्मिएको कृति थियो ।

 

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...