back
CTIZAN AD

कविता : हतार नगर गरिबको बिलौना हेर्न

वि.सं.२०८१ कात्तिक १० शनिवार

897 

shares

समीप बैरागी, रोल्पा

पर्खन हौ पर्ख
ए पर्वहरू !
बुर्कुसी मार्दै – मार्दै नआऊ
कति हतार गर्छौ
गरिबको बिलौना हेर्न ।

केही बेर तिमलिनु उतै
आलिसान महलका झुमरहरूमा
केही बेर आराम गर्नु उतै
शुभकामना आदान प्रदान हुने
पाटी प्यालेसका कुर्सीहरूमा ।

झुल्कने छैन–मजदुरको आँखामा
भर्भराउँदो रोमानी दृश्य
बल्ने छैन–हृदयको आँगनीमा दिपावली ।

लाउन पाउने छैनन् ÷ खेलाउना पाउने छैनन्
अबोध बालबालिकाहरू–नानाचाचा ।

यसपालि पनि
आइपुग्ने छैन परदेशी मजदुर
त्यसै ओइली जाने छ मखमली फूल ।

कालो कोट लाउनेहरूको मुठ्ठी भित्र
एक घुट्की पानी मागिरहेछ–खुसी ।

गलत व्याख्या गरेर
श्रम ऐनका दफा र उपदफाहरू
अपमान गरिँदैछ पसिनाको मूल्य ।

पर्खन हौ पर्ख
ए पर्वहरू !
केही बेर उतै रुक
कति हतार गर्छौ
गरिबको बिलौना हेर्न ।

बरू आउन –
मजदुरहरूको जिन्दगीमा
इन्द्रेणी रंङ पोतिएको दिन
जुन पल मुस्कानहरूको भव्य स्वागत पाउने छौ ।

 

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...