back
CTIZAN AD

कविता : ज्ञानगरिमा

वि.सं.२०८१ कात्तिक १० शनिवार

966 

shares

कलानिधि दाहाल,रातोपुल, काठमाडौं

सबै प्राणी हुन्छन् तनमय हुने यो भुवनमा
कुनै भद्दा हेर्नै पनि नसकिने जीव तनमा ।
चरीजस्तो हल्का गगनपथ उड्ने चयनमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।१।

न छन् ज्यादा भारी उससित कतै सञ्चय कला
न छन् बस्ने यौटै परिधिभरका जीवन थला ।
न छन् आँखा डाही अलि पर छरी लालभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।२।

न खोज्ने हो धेरै पहिरिन लिई वस्त्र बलमा
न गर्ने कैल्यै ऊ अवसर ढुँडौँ छालछलमा ।
यता मान्छे यस्ता भइदिन सके चेतभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।३।

हुने भोका खाउन् विवश नबनुन् क्वै जन हुने
हुने नाङ्गा लाउन् विवश नबनुन् क्वै जन हुने ।
सदा सच्चा यो नै मनभर भए योजन जना
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।४।

खुला पानाजस्ता मनरमणका मन्दिर भए
म मेरो मात्रा नै स्वरसँग सबै ठठ खुस्कन गए ।
यता गाढा जम्मै मनुज दिलका चेतभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।५।

रबाफी स्वाँठाका पन सब हटी स्वच्छ झरना
झरेजस्ता झर्ने भइदिन सके मानव पना ।
हुने हो सच्चा जीवन रथ सधैँ मूल्यभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।६।

विना स्वार्थी साधा जग छ रसिलो भन्न सकिने
म मेरो वा जम्मै मधुवय बनुन् गन्न सकिने ।
भए मान्छे यस्ता सबलगुणका उच्च गरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।७।

मभन्दा ऊ खाओस् अनि पछि म खाऊँ हुन गए
मभन्दा ऊ लाओस् अनि पछि म लाऊँ हुन गए ।
मभन्दा ऊ राम्रो त्यसपछि म राम्रो हुँ भरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।८।

धरा हो यो यौटा अचल छ चुला उठ्नु नपरोस्
कतै अन्यायीका दहन दलमा फुट्नु नपरोस् ।
भए जम्मै यस्ता दिलभर खुलाका मधुरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।९।

छन्द : शिखरिणी

 

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...