back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ कात्तिक १० शनिवार

897 

shares

तारा घिमिरे स्वेच्छा
खांदबारी–३, सङ्खुवासभा


शुभ बिहानी
सधैं रहोस् सुखद
यो जिन्दगानी ।

२.
आयो तिहार
सप्तरङ्गी टीकाले
भरी निधार ।

३.
दाजु र भाई
सम्बन्ध होस् प्रगाढ
यी चेलीलाई ।


देउसी भैलो
आयौं नाँच्दै गाउँदै
सबैको दैलो ।


हाम्रो चाहना
महान् पर्व तिहार
शुभकामना ।


कलिला हात
सामाएर लेखाऔं
दिएर साथ ।


असल हुन
शिक्षा गुणस्तरीय
चन्द्रमा छुन ।


बालाधिकार
नगरौं है हनन
त्यो अत्याचार ।


खेल्ने र पढ्ने
अधिकार सबैको
अगाडि बढ्ने ।

१०
यी कर्णधार
भोलि देशलाई नै
हाक्ने आधार ।

वि.सं.२०८१ कात्तिक १० शनिवार ०४:५९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...