back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक १० शनिवार

873 

shares

अनुराग अरुण,ललितपुर

नयन खुब जुधाएर सानी तिमीले
बनायौ दिवाना नजानी तिमीले

छताछुल्ल पोख्दै जवानी तिमीले
बिगा¥यौ पिलाएर बानी तिमीले

न माया दयाको थियो सख्त यो दिल
बनायौ पगालेर पानी तिमीले

बढ्यो दर्द दिलमा अचानक भयो के
ग¥यौ क्यार पीडा चलानी तिमीले

मलाई उधुम प्रेम प्यासी बनायौँ
सुनाएर प्रेमिल कहानी तिमीले

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ १२२ १२२ १२२
काफिया : आनी
रदिफ : तिमीले
अभ्यास : परिश्रमी पाठशाला ( बहर– छन्दशाला)

वि.सं.२०८१ कात्तिक १० शनिवार ०४:५८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...