शर्मिला तिमल्सिना
गजुरी गाउँपालिका–५, धादिङ
गरेँ धेर विश्वास जसको वचनमा
परेको छु आफैँ उसैको दमनमा
बनाएर पन्छी तिमीलाई मैले
उडाएर लाने छु खुल्ला गगनमा
थियो चाल उसको सधैँ घात गर्ने
तथापि म लाग्थेँ उनैको कथनमा
छ सुन्दर भनी मक्ख पारी मलाई
लजाएर हेर्थिन् खुशी भै वदनमा
उनीसङ्ग मैले गरेँ प्रेम भन्दै
चलाएर हल्ला फिँजाए वतनमा
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजनः १२२ – १२२ – १२२ – १२२
वि.सं.२०८१ कात्तिक १० शनिवार ०४:५७ मा प्रकाशित






























