back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ कात्तिक १० शनिवार

2K 

shares

दाहाल कल्पना, रातोपुल, काठमाडौं

१.
जिन्दगीभर दुख गर्छौ केका लागि
मागीमागी झोला भर्छौ केका लागि
थाहा छ आज कि भोलि आखिर धुवाँ
सहयोग गर्न पछि सर्छौ केका लागि ?

२.
रूप यौवन छपक्क देख्दा फैलाउँछौ अङ्गालो
अतीतका पाना सबुत खोज्दै पार्छौँ मोटो सङ्गालो
चुस्छौ फूल मौरीलेझैँ बनाउँछौ निचोरेको कागतीझैँ
जोवन मासिदै गएपछि खोजी हिड्छौ भङ्गालो ।

३.
राम्रो मूर्ति कुँध्न पनि खँदिलो शिला चाहिन्छ
सुगन्धित फूल फुल्न त्यस्तै कोपिला चाहिन्छ
मानसिक द्वन्द्व किन प्राकृतिक नियमलाई
स्वस्थ फल फल्नलाई स्वस्थ चिचिला चाहिन्छ ।

४.
आज सानी भान्सा पसी चर्को कति मिठो
हिजो अस्ति छोगडा मिस्री हुन्थ्यो सारै तितो
आफ्नो पार्टी आफ्नो नेता जता ऊ छ सबै तेता
सयघण्टा पनि अचेल एक दिनभन्दा छिटो ।

५.
सङ्घर्ष गर्दै पाखुरी चलाए जीत हुन्छ
मानवताले दानवता जलाए जीत हुन्छ
विवेकको खुकुरीले रिस डाह छल्न सके
बुद्धिमा लागेको बिर्को ढलाए जीत हुन्छ ।

वि.सं.२०८१ कात्तिक १० शनिवार ०४:५६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...