back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक १० शनिवार

894 

shares

मिरा ज्ञवाली आस्था
तिलोत्तमा– १४, रूपन्देही

देख्छौ सदैव गल्ती छन् के बिराम मेरा
हिड्छौ तिमी जहिल्यै खिच्दै लगाम मेरा

गर्दै छु कामधन्दा सपना सजाई दिलमा
सेवा हरेक जनका हुन् चारधाम मेरा

साहित्य कोर्छु जहिले गाँसेर शब्दमाला
गर्छन् सधैँ प्रशंसा साथी तमाम मेरा

गाली सहन्छु जहिल्यै सन्तानको निमित्त
मान्दै खुसी तिनै हुन राधा र श्याम मेरा

पुग्दा म माथि पक्कै होला जलन कसैमा
सुखदुःख मिल्छ जे जे हुन् ती इनाम मेरा

बहर : मुजारे मुसम्नन अखरब
अर्कान : मफऊलु फाइलातुन् मफऊलु फाइलातुन्
वजन : २२१ – २१२२ / २२१ – २१२२
काफिया : आम
रदिफ : मेरा

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...