back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ कात्तिक १० शनिवार

2K 

shares

भूपाल अधिकारी, बिराटनगर

१.
आफू सिधा उभिएर आकाशतिर थुक्नु सन्की हो
रिस, घमण्ड, अहङ्कार भनेको विषको घुट्की हो
सार्थक हुन् जान्छ सही ठाउँमा घुस्सा हान्न जाने,
कंसको प्राण लिने पनि कृष्णको एक मुड्की हो ।

२.
धातुको भाँडोमा कति छिटो कस आउँछ म सोच्दै छु
कसरी पो बिस्तारै फल भित्र रस आउँछ म सोच्दै छु
असल भन्दा खराब चिजहरू आउँदा रहेछन् चाडै नै,
किन राम्रा काम गर्दा नि अपजस आउँछ म सोच्दै छु ।

३.
जसले स्वयम् केही बनाउन सक्दैन उसैले सबचिज फोड छ
यहाँ स्याल नीति र तिकडम गर्नेहरूको नै ठुलो गठजोड छ
हे असारमा गडगडाई आउने तर मंसिरमा हराउने खहरे झैँ,
विज्ञ हुँ भन्नेहरूका सिद्धान्त र प्रयोग जाँच्ने मसँग तोड छ ।

४.
कसैको प्रेममा घुम्दा घुम्दै एक वृत बनेकोछ
बलेको अग्नि छेउमा पुगी हेर घृत बनेकोछ
जसलाई मुटु दियो उसैबाट धोका पाएपछि,
अहिले ऊ आधा जिउँदो आधा मृत बनेकोछ ।

५.
चोक चोक गल्ली गल्ली चहार्दै भुस्याहा बन्नेहरू छन्
जताततै जोड जोडले ट्यार्र टुर्र गर्दै पाहा बन्नेहरू छन्
औडाहा चलाउँछन् डाढे प्रवृत्तिले आफ्नै मन भित्रभित्रै,
अर्काको आरिस गर्दा गर्दै आफू बौलाहा बन्नेहरू छन् ।

 

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:३१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...