back
CTIZAN AD

कविता : बढ्दै गए निराशा

वि.सं.२०८१ कात्तिक १० शनिवार

1.2K 

shares

कल्पना अधिकारी, टोखा, काठमाडौं

चुर्लुम्म डुब्छ मान्छे भोगादिमा रमेर,
सर्वस्व ठान्छ मेरो बुझ्दैन तथ्य हेर।
निष्काम कर्म बिर्सी, तृष्णा भयो फलाशा,
इच्छा समाप्त हुन्छन् बढ्दै गए निराशा ।१।

सन्तान, वित्त, भन्दै बित्दै छ जिन्दगानी,
छन् चित्तभित्र डाहा ईर्ष्या प्रपञ्च खानी ।
सत्कर्म गर्न थालौँ पल्टन्छ सत्य पासा,
इच्छा समाप्त हुन्छन् बढ्दै गए निराशा ।२।

मिथ्या रहेछ सारा देखिन्छ जे थलामा,
टिक्दैन भोलि केही नासिन्छ जो पलामा ।
जो बुझ्छ अर्थ साँचो फालेर यी पिपासा,
इच्छा समाप्त हुन्छन् बढ्दै गए निराशा ।३।

फुत्कन्छ फुत्त चोला गर्नै नपाइ केही,
अस्तित्व भुल्छ मान्छे चिन्दैन देह देही ।
अज्ञान वा अहंका निर्मूल हुन् तमासा,
इच्छा समाप्त हुन्छन् बढ्दै गए निराशा ।४।

वैगुण्य लाख आफ्ना छन् पासमा अनन्त,
खोजे अवश्य मिल्ला आनन्दको वसन्त ।
राखेर गर्न थालौँ अध्यात्ममा भरोसा,
इच्छा समाप्त हुन्छन् बढ्दै गए निराशा ।५।

हाबी हुँदैछ ऐले वर्चस्व वस्तुवादी,
बढ्दो विलास चेष्टा साँच्चै छ यो विषादी ।
ध्यानी बनेर हेरे आनन्द मिल्छ खासा,
इच्छा समाप्त हुन्छन् बढ्दै गए निराशा ।६।

छन्द : दिक्पाल

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:३३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...