back
CTIZAN AD

लघुकथा : प्रविधि

वि.सं.२०८१ कात्तिक १० शनिवार

1.1K 

shares

इन्दिरा चापागाईं
सूर्यविनायक न.पा.५ भक्तपुर

भर्खर जन्मेको बच्चा च्यापेर मुसुमुसु हाँस्दै उसकी बुढी टुप्लुक्क दैलोमा आइपुगी । आफ्नी बुढीले डाक्टरसँग खुसामती गरेको उसले धेरै पटक देखेको थियो । त्यसैले अहिले उसले च्यापेको सन्तानलाई हेर्न पनि सकेन । ऊ सन्तान जन्माउँन असक्षम भएको रिपोर्ट आएपछि समाजले बुढीलाई बाँझी उपनाम दिएको थियो । त्यसपछि दम्पती बिच दुरी बढेको थियो ।

‘कसको सन्तान लिएर आइस् ?’, रिसले चूर हुँदै पतिले भन्यो ।
‘होइन कुन जमाना छौ हो तिमी ? हाम्रै हो शंका नगर न बुढा, बरू सन्तान पाइयो भनेर खुशी होऊ ।’, पत्नीले उज्यालो अनुहार पार्दै भनी ।

‘कसरी हाम्रो हुन्छ ? कसको हो त्यहीसँग जा । यहाँ भित्र पस्न पाउँदिनस् ।’, उसको रिसको पारो सगरमाथै पुग्यो ।

‘नेपालमा पहिलो पटक निःशुल्क परीक्षण प्रयोग गरेका हौँ । तपाईँलाई बधाई छ ।’, ऊसँगै आएका डाक्टरले भने ।

ऊ डाक्टरमाथि जाइलाग्यो । बुढिले छेक्दै भनी , ‘मेरो शरिरको कुनै सामान्य कोष (somatic cell) को न्युक्लियस मात्र प्रयोग गरेर क्लोनिङ प्रविधिबाट जन्माइएको हो यो छोरी ।’ , बोल्दा बोल्दै ऊ झल्याँस्स ब्युँझिई ।

वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:३४ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...