back
CTIZAN AD

पाल्पाको अगाहाखोलामा ट्रकमा च्यापिएर एक जनाको मृत्यु

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

1.1K 

shares

काठमाडौं । पाल्पामा एउटा ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको लु१ख ९३५१ नम्बरको ट्रकले गएराति करिब ११ बजे रम्भा गाउँपालिका ३ अगाहखोलामा ना१क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिंदा ९३५१ नम्बरको ट्रक चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह राना छन् । उनलाई दायाँ खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएको थियो ।

त्यहीँ उपचारको क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका १० बस्ने २१ वर्षीय सन्जित खवास थापाको हातमा चोट लागेको छ । उनको अवस्था सामान्य छ ।

सो घटनामा ना१क ७१२१ नम्बरको ट्रक चालक स्याङ्जाको वालिङ नगरपालिका ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ११:१२ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...