back
CTIZAN AD

महोत्तरीमा आगोले जलाएर एक युवतीको हत्या

वि.सं.२०८१ कात्तिक १३ मंगलवार

1.7K 

shares

महोत्तरी । महोत्तरीको पिपरामा आगोले जलाएर हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका-७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबार दिउँसै शव फेला परेपनि अहिलेसम्म सनाखत हुन सकेको छैन । दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कालो लेहँगा र हल्का पहेँलो रङको कुर्था लगाएकी युवतीको शव आँप बगैँचाको आलीमा भेटिएको थियो । अनुहारमाथि सल राखेर जलाइएको छ । तर, शरीरको अन्य भागमा भने कुनै चोटपटक देखिएको छैन । अनुहार पनि पूरै जलेको छैन ।

शव पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । युवतीको हत्या भएको आशंका प्रहरीले गरेको छ । तर, घटनामा संलग्न भएको आरोपमा कोहीपनि पक्राउ परेका छैनन् ।

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ११:३५ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...